बालाकोटमा जैश–ए–मोहम्मदको संगठन पुनः सक्रिय, गुजरात र महाराष्ट्रमा हमला गर्न सक्ने

तस्बिरः एजेन्सी

पाकिस्तानको बालाकोटमा जैश–ए–मोहम्मदको संगठन पुनः सक्रिय भएको छ । गएको फेब्रुअरी महिनामा भारतीय वायुसेनाले हमला गरेपछि हराएको संगठन पुनः सात महिनापछि सक्रिय बनेको हो ।

पुलावामा आत्मघाती बम आक्रमणको जिम्मा लिएको जैश–ए–मोहम्मदको तालिम केन्द्रलाई निशाना बनाएर भारतले गरेको हवाई आक्रमणमा २ देखि ३ सय आतंकवादीको ज्यान गएको भारतको दाबी गरेको थियो ।

हिन्दुस्तान टाइम्सका अनुसार जैश–ए–मोहम्मदको संगठनले जम्मू–कश्मीर र भारतका अन्य विभिन्न क्षेत्रमा हमलाका लागि तालिम पनि दिइरहेको दाबी गरिएको छ ।

जैश–ए–मोहम्मदको संगठनले अन्तर्राष्ट्रिय निगरानीबाट बच्नका लागि नयाँ नामका साथ जम्मू कश्मीरको साथै गुजरात र महाराष्ट्रमा पनि हमला गर्न सक्ने समाचारमा उल्लेख गरिएको छ ।

लामो समयदेखि विवादमा रहेको कश्मीरमा दुबै मुलुकले आ–आफ्नो सार्वभौमिकता दाबी गर्दै आएका छन् । कश्मीरको एक भाग जम्मु र कश्मीर राज्य अन्तर्गत भारतको प्रशासनमा छ भने आजाद कश्मीर र गिल्गिट बाल्टिस्तान प्रान्त पाकिस्तानको प्रशासनमा छ ।

त्यसबाहेक अक्साई चीनको सानो भूभाग चीनको प्रशासनमा रहँदै आएको छ । कश्मीरको दुई मुलुकबीच र्साभौमिकताको विवादमा रहेको सियाचिन हिमनदी क्षेत्रलाई दुबै मुलुकले आ–आफ्नो भनी दाबी गर्दै आएका छन् ।

पछिल्लो केही समय यता भारत प्रशासित कश्मीरमा पाकिस्तानबाट सञ्चालित इस्लामिक अतिवादीले त्यहाँ सैनिक तथा गैरसैनिक निशानालाई लक्षित गरी आतंकवादी आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति: : 2019-09-22 11:28:27

प्रतिकृया दिनुहोस्