निर्माण हुने भयो राजकुलेश्वर निमावि भवन, ‘नेपथ्य साँझ’मा जुट्यो रकम

बिएल संवाददाता

काठमाडाै‌ं

दोलखाको भिमेश्वर नगरपालिका–२ स्थित राजकुलेश्वर निम्नमाध्यमिक विद्यालयको भवन निर्माण कार्य तीव्र रूपमा अघि बढ्ने भएको छ।

विभिन्न क्षेत्रका दाता तथा सामाजिक संघसंस्थाको अगुवाइमा आर्थिक स्रोत जुटाइएपछि विद्यालय भवन निर्माण गर्नले तीव्र तालिने भएको हो। 

हेल्प नेपाल नेटवर्क र चर्चित संगीतिक समूह नेपथ्यले पनि विद्यालय भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउन कार्यक्रमको आयोजना गरेका छन्।

राजकुलेश्वर निमाविको पुनर्निर्माण कार्य २०७३ चैत १५ गते औपचारिक उद्घाटनमार्फत भएको थियो। तर, विद्यालय भवन अझै निर्माणाधीन अवस्थामै छ। 

स्वीकृतिप्राप्त डिजाइनअनुसार स्कुल भवन बनेपछि तीन सयविद्यार्थीले भूकम्प प्रतिरोधी भवनमा पढ्ने अवसर पाउने छन्। आधारभूत सुविधाहरुले युक्त यो भवन परम्परागत नेपाली ढाँचामा बन्दैछ।

प्रकाशित मिति: : 2020-03-07 03:34:40

प्रतिकृया दिनुहोस्