जहाज तथा र्‍याम्प बसहरूलाई संक्रमणरहित र सुरक्षित तुल्याउन बुद्ध एयरको विशेष सरसफाई

कोरोना भाइरसबाट बच्न तथा सामनाका लागि बुद्ध एयरले थालनी गरिसकेको छ। आफ्ना सबै कर्मचारीलाई कोरोनाबारे आवश्यक प्रक्रिया तथा सावधानी अपनाउन सचेत गराईसकेको बुद्ध एयरले जनाएको छ।

जहाज तथा र्‍याम्प बसहरूलाई संक्रमणरहित र सुरक्षित तुल्याउन विशेष सरसफाई तथा प्रक्रिया थालिसकेको बुद्ध एयरले जनाएको छ।

‘यात्रु सुरक्षा हाम्रो पहिलो दायित्व हो। तसर्थ चेक–इन काउण्टरमा हाम्रा कर्मचारीले विशेष यन्त्रसहित हरेक यात्रुको तापक्रम मापन गर्न लागेका छन् । 100° F तथा त्यसमाथि तापक्रम भएका यात्रुलाई घर फिर्ता तथा आवश्यक उपचारका लागि अनुरोध छ’, एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले जानकारी दिएको छ।

 

प्रकाशित मिति: : 2020-03-07 01:01:21

प्रतिकृया दिनुहोस्