बलात्कार आरोपमा पक्राउ परेका पूर्वडीएसपी राजकुमार खिउजूलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ।
उनलाई महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार भक्तपुरबाट नियन्त्रणमा लिएको थियो।
उनलाई प्रहरीले बिहीबार जिल्ला अदालत ललितपुरमा उपस्थित गराएकोमा अदालतले ७ दिनको म्याद थप गरी अनुसन्धान गर्ने अनुमति दिएको खप्रहरी परिसर ललितपुरले जनाएको छ।
ललितपुरकै महांकाल गाउँपालिकाकी युवतीले खिउजूले आफूमाथि बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। उनले महानगरीय प्रहरी बृत्त चापागाउँको डीएसपी हुँदा ती युवतीलाई जागिरको प्रलोभन दिएर बलात्कार गरेको आरोप छ।