काेराेना : बेलायतमा पहिलाे पटक एक जनाले ज्यान गुमाए

एजेन्सी

काठमाडाै‌ं

कोरोना भाइरस अर्थात कोभिड–१९को सङ्क्रमणबाट बेलायतमा पहिलो व्यक्तिको ज्यान गएको छ। 

कोरोनाको सङ्क्रमण देखिएपछि उपचार गराइरहेकी एक ७० वर्षीया महिलाको ज्यान गएको बेलायतका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन्।

गएको बुधबार कोरोनाको सङ्क्रमण पाइएपछि ती महिला अस्पताल भर्ना भएकी थिइन्। 

रोयल बर्कशायर अस्पतालमा उपचार गराइरहेकी ती महिला बेलायतमै हुँदा सङ्क्रमित भएको बेलायतका प्रमुख चिकित्सा सल्लाहकार प्राध्यापक क्रिक व्हिट्टीले बताए। 

बेलायती अधिकारीहरु अहिले ती महिलासँग सम्पर्कमा रहेको व्यक्तिहरुको खोजी गरिरहेका बीबीसीले जनाएको छ। बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय १६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३० जनाभन्दा बढीमा सङ्क्रमण देखिएको हो। 
 

प्रकाशित मिति: : 2020-03-06 21:16:26

प्रतिकृया दिनुहोस्