यूएईका शासक शेख मोहम्मदले श्रीमती र छोरीमाथि हिंसा गरेकाे पुष्टि

एजेन्सी

काठमाडाै‌ं

 बेलायतको उच्च अदालतले दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मकतुमले श्रीमती र छोरीमाथि हिंसा गरेको ठहर गरेको छ।

शेख मोहम्मदले श्रीमती र छोरीलाई अपहरण, जबरजस्ती फिर्ता, यातना र डर देखाएको भन्ने आरोप बेलायतको उच्च अदालतले पुष्टि गरेको हो। फैसलामा अदालतमा उपस्थित नभएकोमा शेख मोहम्मद अदालतप्रति इमान्दार नभएको पनि जनाइएको छ।

गएको वर्ष दुई बच्चासहित भागेर बेलायत पुगेकी शेख मोहम्मदकी श्रीमती हाया बिन्त अल हुसेनले आफू र छोरीको जीवनरक्षाको माग गर्दै दायर गरेको मुद्दामाथि सुनुवाइ गर्दै उच्च अदालतले हिंसा भएको ठहर गरेको हो। यो मुद्दामा आठ महिनादेखि बहस भइरहेको थियो।

यता फैसला भएपछि शेख मोहम्मदले आफू सरकार प्रमुख भएकोले अदालतमा जान नपाएको भन्दै अदालतबाट एकपक्षीय फैसला आएको आरोप लगाएका छन्। अदालतले शेख मोहम्मदमाथि हुने कारबाहीको बारेमा खुलाएको छैन। 

प्रकाशित मिति: : 2020-03-06 20:16:38

प्रतिकृया दिनुहोस्