मेघ गर्जन, हावाहुरी र असिनासहित वर्षाको सम्भावना

हाल देशको मध्य तथा पुर्वी भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार पश्चिमी भूभागका केही स्थानहरुका साथै मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ।

साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको महाशाखाले बताएको छ ।

आज बिहान देशको मध्य तथा पूर्वी भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंसिक बदली रहेको मौसमविदले बताएका छन् ।

प्रकाशित मिति: : 2020-03-06 19:31:25

प्रतिकृया दिनुहोस्