ललितपुर क्षेत्रमा आइतबारसम्म विजुली नआउने

नेपाल विद्युत् प्राधिकरणले आजदेखि आइतबारसम्म ललितपुरका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।

प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ फिडरबाट वितरित ११ केभी क्षमताको लाइन सुधार गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको हो।

उक्त फिडरबाट लाइन लिएका फर्सीडोल, डुकुछाप, दनुवार बस्ती, जोर्खु, घुसेल र खोलाखेत लगायतका क्षेत्रमा शुक्रबार एक दिन लाइन आएपनि आइतवारसम्म लगातार दिनभर विद्युत आपूर्ति अवरुद्ध हुनेछ ।

विद्युत् कटौतीका कारण ती क्षेत्रका ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ। साथै लामो समयसम्म दिनभर विद्युत आपूर्ति नहुने हुँदा दिउँसोको समयमा गर्दै आएका अत्यावश्यक काम रातको समयमै गरिसक्न पनि प्राधिकरणले ग्राहकलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: : 2020-03-06 04:55:07

प्रतिकृया दिनुहोस्