सेना परिचालन: सरकारले प्रस्ताव गरेको व्यवस्था कति गम्भीर छ?

तस्वीर :नेपल आर्मी

राष्ट्रिय सुरक्षा परिषद्‌को काम, कर्तव्य र अधिकार सम्बन्धमा बनेको विधेयकमा रहेको सेना परिचालनसम्बन्धी एउटा उपदफाले व्यापक बहस निम्त्याएको छ।
केही सुरक्षाविद्‌ र प्रमुख प्रतिपक्षी दलले त सरकारको 'नियतमै सन्देह गर्नुपर्ने ठाउँ' देखिएको टिप्पणी गरेका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले एउटा औपचारिक विज्ञप्तिमार्फत् नै त्यसप्रति आपत्ति जनाइसकेको छ। संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री राष्ट्रिय सुरक्षा परिषद्‌का अध्यक्ष हुन्छन्।

प्रकाशित मिति: : 2019-03-31 20:48:03

प्रतिकृया दिनुहोस्