रोल्पाको सदरमुकाम लिवाङ ओर्लिँदा झमक्क साँझ परिसकेको छ। बजारको चहलपहल केही पातलो हुँदैछ। यद्यपि मानिसहरू निस्फिक्री यता–उता गरिरहेका छन्, आ–आफ्नै धुुनमा।
१९ वर्षअघि २०५७ बैशाखको तेस्रो साता लिवाङ झर्दा विलकुल फरक परिवेश थियो। लिवाङ अहिले जस्तो निश्चिन्त थिएन। भयग्रस्त मनोविज्ञान यत्रतत्र अनुुभूूत हुन्थ्यो त्यतिबेला। सबै नजर एका–अर्काप्रति सशंकित देखिन्थे। अझ बाहिरिया र अपरिचित व्यक्ति त लिवाङ टेक्नासाथ एकैपटक प्रशासन र लिवाङीको नजरमा परिहाल्थ्यो।
प्रकाशनको तयारीमा रहेको कान्तिपुर पव्लिकेसन्सको ‘नेपाल पाक्षिक’का लागि रिपोर्टिङ गर्न म र सहकर्मी नरेन्द्र श्रेष्ठ (फोटो पत्रकार) पहिलो चोटी लिवाङ झरेका थियौं। भालुुवाङबाट एउटा मालबाहक ट्रकमा कोचिएर झण्डै १२ घण्टाको यात्रापछि लिवाङ पुुग्दा हामी पनि प्रशासनको नजरमा परिहाल्यौं...