अध्यक्ष प्रचण्ड र प्रभावशाली नेता शर्मा अस्वस्थ

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन्। मौसमी रुघाखोकी लागेपछि उनी खुमलटारस्थित निवासमै आरामरत रहेको प्रचण्ड निकट स्रोतले जनाएको छ। 

स्रोतका अनुसार प्रचण्डले केही दिन भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागीता नजनाउने भएका छन्। यता नेकपा कै  प्रभावशाली नेता जनादर्शन शर्मा अस्वस्थ भएका छन्। रुघाखोकीले सताएपछि उनी घरमै आरामरत रहेको उनको सचिवालयले जनाएको छ। 

उनको सचिवालयका अनुसार केहीदिन शर्माले भेटवार्ता र सार्वजनिक कार्यक्रममा सहभागिता जनाउने छैनन्। 

प्रकाशित मिति: : 2020-03-04 10:14:29

प्रतिकृया दिनुहोस्