भारतीय चिकित्सक साँझ काठमाडौं आइपुग्ने, ओलीको मिर्गौला प्रत्यारोपण भोलि

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि दुई जना भारतीय चिकित्सक नेपाल आउने भएका छन्।

मंगलबार साँझसम्म भारतीय चिकित्सक प्रा डा अनन्तकुमार र अर्का एकजना नेपाल आइपुग्ने टिचिङ अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाले जानकारी दिए। 

उनका अनुसार मिर्गौला प्रत्यारोपणको नेतृत्व शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्राडा उत्तमकुमार शर्मा र सोही विभागका वरिष्ठ सर्जन प्रा डा प्रेमराज ज्ञवालीले गर्नेछन्। 

ज्ञवाली नेतृत्वको टीमले प्रधानमन्त्री र शर्मा नेतृत्वको मिर्गौला दान दिने समीक्षा संग्रौला ज्ञवालीको शल्यक्रिया गर्नेछ।

प्राडा ज्ञवालीको ‘ब्याक सपोर्ट’मा भारतीय चिकित्सक अनन्तकुमार रहनेछन्। प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार बिहान ९ बजेदेखि  सुरु गर्ने तयारी भएको छ। 

ओलीको ०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउँदा अनन्तकुमारले नै गरेका थिए। 
 

प्रकाशित मिति: : 2020-03-04 06:09:23

प्रतिकृया दिनुहोस्