खतिवडाले दिए राजीनामा

बिएल संवाददाता

काठमाडाै‌ं

अर्थमन्त्री डा युवराज खतिवडाले राजीनामा दिएका छन्। राष्ट्रियसभा सदस्यको कार्यकाल सकिनुअघि नै राजीनामा दिएका हुन्।

राष्ट्रियसभा सदस्यको कार्यकाल  मंगलबार मध्यरातमा सकिँदैछ।

नेकपा उच्च स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पुनः नियुक्त गर्नेछन्।

खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गरिने भएको हो।

धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिनेछ।

र, यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ।

प्रकाशित मिति: : 2020-03-04 05:13:20

प्रतिकृया दिनुहोस्