खतिवडालाई पुनः अर्थमन्त्री बन्दै

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रियसभा सदस्यको कार्यकाल मंगलबार मध्यरातमा सकिँदैछ।

अर्थमन्त्री डा युवराज खतिवडाले कार्यकाल सकिनुअघि नै राजीनामा दिने तयारी छ।

नेकपा उच्च स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पुनः नियुक्त गर्नेछन्।

खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गरिने भएको हो।

धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिनेछ।

र, यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ।

प्रकाशित मिति: : 2020-03-04 04:59:31

प्रतिकृया दिनुहोस्