कोरोना आतंकः ट्वीटरले गर्यो कर्मचारीलाई घरमै बसेर काम गर्न प्रोत्साहन

एजेन्सी

काठमाडाै‌ं

कोरोना भाइरसको संक्रमण फैलिन नदिन माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न आग्रह गरेको छ। उसले आफ्ना संसारभर रहेका ५ हजार कर्मचारीलाई घरमै बसेर काम गर्न प्रोत्साहित गरेको हो।

ट्वीटरले ब्लग पोस्टमार्फत हङकङ, जापान र दक्षिण कोरियामा आफ्ना ५ हजार कर्मचारीलाई घरमै बसेर काम गर्न निर्देशन दिएको हो। 

ट्वीटरले एक दिनअघि आफ्ना कर्मचारीलाई जरुरी कामबाहेक अन्य प्रयोजनका लागि भ्रमण गर्न रोक लगाएको थियो।

ट्वीटरले घरबाटै काम गर्न मिल्ने गरी आफ्नो प्रणाली विकास गर्ने पनि बताएको छ। ‘हाम्रो लक्ष्य कोरोना भाइरसको सम्भावित फैलावट हाम्रो वरपर र हाम्रो वरपरको विश्वमा रोक्ने हो’ ट्वीटरको मानव संशाधन विभाग प्रमुख जेनिफर क्रिष्टिले भनेकी छन्। 

ट्वीटरका कार्यकारी प्रमुख ज्याक डोर्सीले पनि घरमै बसेर काम गर्ने कुराको समर्थन गरेका छन्।

प्रकाशित मिति: : 2020-03-04 02:20:57

प्रतिकृया दिनुहोस्