अन्नपूर्ण पदमार्ग सुनसानजस्तै बनेको छ। विगत वर्षहरुमा विदेशी पर्यटकको लर्को लाग्ने यो समयमा अहिले पर्यटक आउने क्रम ठप्प भएको छ।
पर्यटनकै भरमा रहेका पर्यटन व्यवसायी र होटल व्यवसायी पर्यटन नआउँदा निराश भएका छन्।
‘गत वर्ष यो समयमा होटलका कोठाले नपुगेर टेन्टमा पर्यटक राख्नु परेको थियो’, उनले भने, ‘अहिले सबै खाली नै छन्।’ विश्वभर फैलिएको कोरोना भाइरसका कारण पर्यटन नआएको होटल व्यवसायीको गुनासो छ।
होटल व्यवसायी मिङ्मर लामाका अनुसार कहिले हिमपात त कहिले महामारी रोगले पदमार्गमा आउने पर्यटक दिनानुदिन घट्दै गएको छ।
‘दुईचार दिन अगाडि एकदुई पर्यटक देखिए पनि अहिले भने सुनसान नै भएको छ’, उनले भने, ‘पर्यटक आउनुभन्दा पनि रोग सर्ला कि भन्ने डरले सताएको छ ।’