आर्सनल एफए कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।
तेस्रो डिभिजनको पोर्ट्समाउथलाई २–०ले हराउँदै आर्सनल अन्तिम आठमा स्थान बनाउन सफल भएको हो। पोर्ट्समाउथको मैदानमा भएको खेल आर्सनलका लागि सोक्रिटस पापास्थाथोपाउलस र इडी एनकेतियाले एक–एक गोल गरे।
पहिलो हाफको इन्ज्युरी समयमा पापास्थाथोपाउलसले रेइस नेल्सनको पासलाई उत्कृष्ट भली प्रहार गर्दै आर्सनललाई अग्रता दिलाए।
५१औँ मिनेटमा एनकेतियाले गोल गर्दै आर्सललाई २–० को अग्रता दिलाए।
पोर्ट्समाउथविरुद्धको खेलमा आर्सनलले ६ जना २० वर्षभन्दा मुनिका खेलाडी उतारेको थियो। खेलमा ७३ प्रतिशत बल पोसेसन आर्सनलले बनाएको थियो। पोर्ट्समाउथले एउटामात्र प्रहार पोस्टमा थियो, जसलाई आर्सनलका गोलकीपरले बचाएका थिए।
योसँगै आर्सनल एफ ए कपको क्वार्टनफाइनलमा पुग्ने पहिलो टिम बनेको छ।