नारिताको नियमित उडान प्रारम्भ

नेपाल वायुसेवा निगमले जापानको नारितासम्मको नियमित उडान आजदेखि प्रारम्भ गरेको छ। फागुन १९ गते (२ मार्च २०२०)देखि जापानको नारितामा हप्ताको ३ दिन सिधा उडान प्रारम्भ गरेको छ।

एयरबस वाइड्वडीबाट गरिने सिधा उडान हप्ताको ३ दिन  सोमबार, बुधबार र शुक्रवार हुनेछ। १९ गते बिहान १ बजेर २५  मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेको सो विमान सोमबार अपरान्ह ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गर्नेछ। नारिता जाँदा २३४ यात्रुहरुले विमानबाट यात्रा गरेको थिए भने फर्कदा २६५ जनाले यात्रा गरे।

नारिताको पहिलो उडानमा नै यात्रुहरुको यो संख्यालाई उल्लेखनीय मानिन्छ भने आगामी दिनका उडानहरुको लागि पनि राम्रै संख्यामा यात्रुहरुले बुकिङ्ग गरेका छन्।

नारिताको उडान प्रारम्भ भएपछि टोकियो र वरपरका यात्रुहरुलाई सुविधा हुनेछ भने सिधा उडानले गर्दा ट्रान्जिटको झन्झट समेत समाप्त भएको छ।

प्रकाशित मिति: : 2020-03-03 06:40:28

प्रतिकृया दिनुहोस्