इथियोपियामा रहस्यमय रोग, नाक र मुखबाट रगत बग्ने

एजेन्सी

साेमालिया

अफ्रिकी देश इथियोपियामा रहस्यमय खतरनाक रोगको प्रकोप देखा परेको छ। यो रोगकाे प्रभावले मानिसको नाक र मुखबाट रगत बग्ने र केही समयमै निधन हुने बताइएको छ। 

स्थानीय इथियोपियाली चीनले आफ्नो देशमा स्थापना गरेको तेल तथा ग्यास कम्पनीबाट चुहिएको विषाक्त रसायनका कारण रोग फैलिएको ठहर गर्छन्।

सोमालीमा एउटा ग्याँस परियोजना नजिकैको गाउँमा रोग फैलिएको दावी गरिएकाे छ। स्थानीयले रोगबाट पीडितको आँखा पहेँलो देखिन थालेको र ज्वरो आउनुपूर्व पुरै शरीर फुल्ने र अन्त्यमा निधन हुने जानकारी दिइरहेका छन्। यसबाहेक अन्य लक्षणमा हात पहेँलो हुने, भोक र निन्द्रा नलाग्ने बताइएको छ। 

इथियोपियाको राजधानी अदिस अबाबाका अधिकारलाई उधृत गर्दै बेलायतबाट प्रकासित गार्जियन पत्रिकाले दिएकाे समाचारमा उनीहरुले अहिले मिडियामा आए जस्तो स्वास्थ्य र पर्यावरणमा कुनै संकट नभएकाे बताएका छन्। 

यद्यपि रोगको सम्पूर्ण जानकारी बाहिर आएको छैन। तर, मानिसको निधन भएको पुष्टि भएकाे छ। केही मानिसले रासायनिक फोहोरका कारण यस्तो भएको हुन सक्ने दावी गरिरहेका छन्। रोगबाट पीडित खादर आब्दी अब्दुल्लाहीले पनि महामारीको कारण कैलुब (ग्यास क्षेत्र) मा फैलिएको विषाक्त पदार्थ नै भएको ठहर गरेका थिए। जिगजिगा निवासी २३ वर्षीय अब्दुल्लाहीले अस्पतालले यसको उपचार नभएको भन्दै आफूलाई फर्काएकाे बताएका थिए। उनको पछि निधन भएकाे बताइएकाे छ।

सोमालीको क्षेत्रीय सरकारका सल्लाहकारले यस क्षेत्रमा यस्तो खालको रोग कहिल्यै नदेखिएको बताएका छन्। एक सल्लाहकारले भने, पोली–जिसिएलले यस्तो रसायनको उपयोग गर्छ, जुन मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ। 
चीनको पोली–जिसिएल पेट्रोलियम इन्भेस्टमेन्टले गत वर्ष प्राकृतिक ग्यास पाइपलाइन बिछ्याउन ७६७ किलोमिटरको बाटो बनाउने योजना तयार पारेको पुष्टी गरेको थियो। 
 

प्रकाशित मिति: : 2020-03-03 06:14:05

प्रतिकृया दिनुहोस्