समीक्षाले दिने भइन् प्रधानमन्त्री ओलीलाई मृगौला

प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुँदैछन्। उनको बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ। 

प्रधानमन्त्री ओलीलाई अहिले नातामा ‘भान्जी’ पर्ने समीक्षा संग्रौला ज्ञवालीले मृगौला दिन लागेकी हुन्। आइतबारको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई मृगौला दान दिने महिलाबारे जानकारी गराएका थिए। 

प्रधानमन्त्रीले सचिवालयका सदस्यहरूलाई मृगौला दाताका रूपमा चिनाइएकी ३२ वर्षीया समीक्षा झापाकी हुन्। चारआलीकी उनी ओलीलाई पहिलोपटक मृगौला दिने अन्जान घिमिरेकी ‘भान्जी’ हुन्। सोही कारण प्रधानमन्त्री ओलीको पनि ‘भान्जी’ नाता परेकी हुन्।

शिक्षण अस्पतालले आइतबार नै ओलीलाई मृगौला दिने महिलाको फाइल रेकर्ड बुक दर्ता गरेको छ। जसमा लेखिएको छ, ‘श्रीमती समीक्षा संग्रौला ज्ञवाली (भान्जी), श्री केपी शर्मा ओली (मामा)। भान्जीले–मामालाई।’

रेकर्ड फाइलमा समीक्षाका साथै उनका पतिको नाम र फोन नम्बर पनि लेखिएको छ। साथै, प्रधानमन्त्रीको निजी सचिवालयमा कार्यरत राजेश बज्राचार्यको पनि नाम लेखिएको छ।

 

प्रकाशित मिति: : 2020-03-03 01:44:55

प्रतिकृया दिनुहोस्