कसरी बनाउने अनुहार चम्किलो? यस्ता छन् घरेलु उपाय

हामीले देख्दै आएका छौं त्यस्ता घटनाहरु जहाँ मानिसहरुले आफ्नो अनुहार चम्काउनका लागि विभिन्न कस्मेटिकको प्रयोग गर्नका साथै व्युटी पार्लर धाउँने गर्छन्।

बढी जसो महिलाहरुले हजारौं खर्च गरेर आफ्नो फेश चम्काउने गर्छन्। तर कतिपय यस्ता सामाग्रीहरुको प्रयोगले सुन्दर देखाउनका सट्टा कुरुप बनाएका उदाहरणहरु पनि सुन्दै आएका छौं।

मापदण्ड भन्दा बढी केमिकल राखिएका सामाग्रीले रोगको शिकार पनि बनाउने गर्छन्। त्यसैले हामीले महंगा कस्मेटिकको प्रयोग गर्नु भन्दा घरमै सहजै रुपमा पाइने तरिकालाई अपनाउनु उपयुक्त रहन्छ।

जसकारण सौन्दर्यमा चमक आउने गर्दछ। त्यसैले आज हामी चर्चा गर्नेछौं त्यस्ता उपायका बारेमा। जसलाई तल उल्लेख गरिएको छ। 
  

बेसन र बेसार 
दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउएर १० थोपा गुलाबजल र कागतीको रसको लेदो बनाएर अनुहारमा लगाउने हो भने यसको प्रयोगले सौन्दयलाई कायम राख्न मदत पुर्याउछ।

आलुको टुक्रा 
यदी तपाइको आँखामा डार्कसर्कल छ भने यसलाई हटाउनका लागि सर्कलको वरिपरी काँचो आलुको टुक्राले हल्का मसाज गर्ने गर्नुहोस्। जसले गर्दा त्यस्ता डार्कसर्कल हट्ने गर्दछ।

मह 
यदी एक चम्चा महमा ४/५ थोपा कागतीको रस मिसाउएर फेशमा लगाउने हो भने यसले अनुहारमा भएको चमकलाई कायमै राख्न मदत गर्दछ।

काक्रोको रस 
के तपाइको अनुहारमा चाया आएको छ? यदी आएको छ भने काक्रोको रसले मसाज गर्ने बानी बसाल्नुहोस्। जसले गर्दा तपाई संग भएको चाया हटेर जानेछ।

निमको पात 
निमको पातलाई पिसेर लेदो बनाएर लगाउदा छालाको रोग प्रतिरोध क्षमता बढाउँनका साथै यसले डन्डिफोर जस्ता जटिल समस्याबाट पनि छुटकारा दिलाउदछ।

पाकेको केरा 
यदी पाकेको केरा मुछेर अनुहारमा लगाउँने हो भने यसले अनुहारमा छाएको चाउरीपनालाई हटाएर छालालाई कसिलो बनाउन मदत गर्दछ। त्यसले यसको प्रयोग गर्नुपर्छ।

प्रकाशित मिति: : 2020-03-02 05:04:29

प्रतिकृया दिनुहोस्