अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुई विदेशी खेलाडीलाई जरिवाना गरेको छ।
एन्फाले सरस्वती युथ कल्बका काजिम बुसारी र ब्रिगेड ब्वाईजका ताजुदीन बुसारीलाई जरिवाना गरेको हो।
दुवै खेलाडीलाई एन्फाले जनही २५ हजार जरिवाना गरेको हो।
एन्फाको खेलाडी अनुबन्ध नियम २०७६ र मोफसल फुटबल प्रतियोगिता नियम २०७६ विपरित मोफसलको प्रतियोगिता खेलेको भन्दै एन्फाले उनीहरुलाई जरिवाना गरेको हो।
एन्फाको नियम अनुसार ए डिभिजन खेलेका विदेशी खेलाडीले मात्र एक क्लबबाट लोनमा गएर मोफसलको प्रतियोगिता खेल्न पाउछ। तर, दुवै खेलाडीले दुई क्लबबाट मोफसलको प्रतियोगिता खेलेको एन्फाले जनाएको छ।