कौटिन्होकाे दुई गोलमा वार्यनकाे फराकिलाे जित

बिएल संवाददाता

काठमाडाै‌ं

वायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता फराकिलो जित निकालेको छ।

शनिबार भएको खेलमा वायर्नले होफेनहाइमलाई ६–० गोल अन्तरले पराजित गरेको हो ।

होफेनहाइमको मैदानमा भएको खेलमा  वायर्नका लागि जोसुवा किमिच र फिलिपे कौटिन्होले दुई दुई गोल गरे। यता सेर्गी गान्ब्री र लियोन गोर्टेज्काले एक एक गोल गरे।

खेलको दोस्रो मिनेटमै वार्यनले अग्रता बनाएको थियो। गान्ब्रीले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए।

खेलको ७ औं मिनेटमा किमिचले गोल गर्दा वायर्नले अग्रता २–० बनायो। १५ औं मिनेटमा ज्रीकजीले गोल गर्दै वायर्नको अग्रता ३–० पुग्यो।

३३ औं मिनेटमा कौटिन्होले गोल गर्दा पहिलो हाफमा वायर्न ४-० ले अघि रह्यो।

वायर्नले दोस्रो हाफमा थप दुई गोल गर्यो।

खेलको ४७ औं मिनेटमा कौटिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै वायर्नको अग्रता ५–० पु¥याए। यता ६२ औं मिनेटमा गोर्टेज्काले गोल गर्दा वायर्नले ६० को फराकिलो जित निकाल्यो।

जितसँगै शीर्ष स्थानको वायर्नले २४ खेलबाट ५२ अंक जोडेको छ। ३४ अंक जोडेको होफेनहाइम आठौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-03-01 20:11:13

प्रतिकृया दिनुहोस्