नेपाली कामदारकाे बाक्लाे उपस्ठिति रहेकाे कतारमा पनि काेराेना भाइरसकाे संक्रमण देखा परेपछि कतारस्थित नेपाली दुतावासले सबै नेपालीलाई सजग रहन अपील गरेकाे छ। दुतावासले शनिवार सार्वजनिक गरेकाे विज्ञप्तीमा काेराेना भाइरसबाट जाेगिने सावधानीकाे उपाय बताइएकाे छ।
कतारमा हालै एक जनामा काेराेना भाइरसकाे संक्रमण देखा परेकाे थियाे। कतार स्वास्थ्य मन्त्रालयले जारी गरेका विज्ञप्तीमा बिहीबार इरानबाट ३६ वर्षीय एक कतारीलाई उद्धार गर्दै घर फर्काइएकाे थियाे। उनै व्यक्तिमा संक्रमण फैलिएकाे बताइएकाे छ।
चीनकाे उहान शहरबाट फैलिएकाे काेराेना भाइरसका कारण यति बेला विश्व नै त्राहिमाम छ। बीबीसीका अनुसार इरानमा मात्र पछिल्लाे समय २ सय १० जनाकाे निधन भइसकेकाे छ। कतारमा हाल ४ लाखकाे हाराहारीमा नेपाली कामदार रहेका छन्। नेपाली कामदार विश्व ब्यापीरुपमा फैलिएका कारण विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई उच्च जाेखिम भएकाे देशकाे सूचिमा राखेकाे छ।
हाल दक्षिण काेरियामा पनि काेराेना भाइरसकाे प्रकाेप फैलिएपछि नेपाली कामदार अन्याैलमा परेका छन्।