नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले स्वास्थ्यमा सर्वसाधारणको पहुँच पुग्नुपर्ने बताएका छन्।
शुक्लाफाँटा नगरपालिका वडा नंं ९ ले आयोजना गरेको एकदिने स्वास्थ्य शिविरको शनिबार उद्घाटन गदै स्वास्थ्य नागरिकको मौलिक अधिकार भएकाले सबैको पहुँच पुग्नुपर्ने बताएका हुन्।
‘स्वस्थ्य समाज निर्माण भएमात्रै जनता सुखी हुन्छ’, उनले भने, ‘अनि मात्र विकासका कार्य सहजरुपमा अगाडि बढ्छ।’ मस्तिष्कघात, मिर्गौला फेल, मुटको समस्या आदि रोगका कारण अधिकांश बासिन्दा पीडित भएको उनको भनाइ छ।
‘तरकारी लगायतको बालीमा किटनाशकको अनावश्यक प्रयोग र साठी प्रतिशतमा शुद्ध खानेपानीको अभाव भएकाले रोग देखापरेको हो’ उनले भने।
विश्वभरि अहिले कोरोना भाइरसको सन्त्रास फैलिएको चर्चा गदै त्यसबाट बच्नका लागि सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।