इरानमा नोवेल कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या कम्तिमा २१० रहेको अस्पताल स्रोतले जनाएको छ।
इरानका अस्पताल तथा स्वास्थ्य स्रोतलाई उद्धृत गर्दै बिबिसीले इरानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या कम्तिमा २१० रहेको उल्लेख गरेको हो ।
ज्यान गुमाउने अधिकांश राजधानी तेहरानका छन्। यस्तै कोम शहरमा पनि संक्रमितको संख्या धेरै रहेको जनाइएको छ।
इरानले भने अहिलेसम्म आधिकारिक रुपमा कोरोना भाइरसका कारण मात्रै ३४ जनाको ज्यान गएको बताएको छ।