कम्युनिस्ट एकदलीय साम्यवादी धारमा अघि बढेका छन्। नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादी विचार बोकेको भनिरहेको छ। हामी (राप्रपा संयुक्त) संवद्र्धनवादी उदारवादी मान्यतामा विश्वास गर्छौं। हाम्रो राजनीतिक धाराले मुलुकको इतिहास, संस्कृति, परम्परा र धर्मलाई मान्यता दिएको छ । यी चार विषयले नै नेपालीत्व स्थापित गर्ने हो। तर, हामीलाई अब नेपालीत्वले मात्रै पुग्दैन, विकासको आगामी बाटोमा जानुपर्छ। त्यो बाटो उदारवादी अर्थतन्त्रको हो। आधुनिक र संगठित क्षेत्रमा निकासीमूलक, निजी क्षेत्रमैत्री उदार अर्थतन्त्र हाम्रो सैद्धान्तिक आधार हो।