दिल्ली घटनामा गृहमन्त्री अमित शाहको राजीनामा माग, २२ को निधन

एजेन्सी

दिल्ली

भारतीय कांग्रेसले गृहमन्त्री अमित शाहको राजीनामा माग गरेको छ। बुधबार कांग्रेस पार्टीकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले राजधानी नयाँ दिल्लीमा पत्रकार सम्मेलन गर्दै दिल्ली घटनाको दोषी गृहमन्त्री शाहलाई ठहर्याइन्।

उनले भनिन्, ‘पछिल्लो केही दिनदेखि रणनीतिअन्तर्गत हिंसा भइरहेको छ। दिल्ली चुनावको समयमा पनि देखिएको थियो। भारतीय जनता पार्टी (बिजेपी) का नेताले नचाहिने बयान दिएर हिंसा भडकाएका छन्। एक बिजेपी नेताले गत आइतबार पुलिसलाई तीन दिनको अल्टिमेटम दिएर हिंसा भड्काएका हुन्। गृहमन्त्री शाहले पदत्याग गर्नुपर्छ।’

उनले केन्द्र सरकार र दिल्ली प्रहरीले समयमा कार्यवाही नगरेर २० (हाल २२ जना) जनाको निधन भइसकेको छ। एक प्रहरीको पनि ज्यान गएको छ। कांग्रेस कार्यसमिति सबै पीडित परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दछ। यो सबै घटनालाई हेर्दा केन्द्र सरकार र गृहमन्त्री दोषी देखिन्छन्।’

उनले दिल्लीको केजरीवाल सरकार पनि शान्ति सुरक्षा कायम गर्न असफल भएको बताइन्। 
 
 

प्रकाशित मिति: : 2020-02-27 04:34:43

प्रतिकृया दिनुहोस्