ओली सरकारका दुई वर्ष ‘कागलाई बेल पाक्याे हर्ष न विस्मात’: भट्टराई (भिडियाे)

बिएल संवाददाता

काठमाडाै‌ं

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ओली सरकारका दुई वर्ष जनतालाई हर्ष न विस्मात भएको बताएका छन्। सरकारका दुई वर्ष नेपाली जनताले खेर गएको रुपमा लिएको बताएका हुन्। 

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले भने,‘सरकारका दुई वर्ष नेपाली जनतालाई ‘कागलाई बेल पाक्याे हर्ष न विस्मात’ जस्तो भएको छ। जनताले खेर गएका वर्षका रुपमा लिएका छन्।’

 उनले अगुल्टाले हानेको कुकर बिजुली चम्किँदा पनि झस्किन्छ भनेजस्तो भर्खरै ललिता निवास जग्गा प्रकरणले सबैलाई झस्काएको बाबुरामको भनाइ छ। 

‘ललिता जग्गा प्रकरणमा ठूला घरानीयाँको बहुमूल्य जग्गालाई सरकारले अधिकरण गरेको होइन भनेर केही भूमाफियाले मिलेर चलखेल गरेर जुन बाँडफाँड गरे,’ उनले भने,भूमाफिया र केही कर्मचारी मिलेर लुटेकै हो।’

उनले फागुन ३ गते सम्बोधनका क्रममा प्रधानमन्त्री केपी ओलीले आफ्नो कार्यकालको मन्त्रीपरिषद्ले गरेको केही निर्णयलाई उल्लेखनीय प्रशंसा गरेको भन्दै आभार प्रकट गरे। उनले भने,‘चाहे उहाँको मनसायमा त्योबारे भ्रम प्रष्ट होस् भन्ने थियो होला।’

प्रकाशित मिति: : 2020-02-27 03:40:58

प्रतिकृया दिनुहोस्