अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणको तयारी विगत एक महिनादेखि भइरहेको थियो। सोमबार भएको उनको भारत भ्रमणका क्रममा ‘रोड शो’ का लागि भारत सरकारले मनग्य खर्च गरेको छ।
भारतीय अखबारहरूले ट्रम्पको भारत भ्रमणमा एक मिनेटमा ४७ लाख भारतीय रुपैयाँ खर्च हुने बताएको छ। यस हिसाबले उनको अमेरिकी राष्ट्रपतिको भारत भ्रमणमा कूल १ सय करोड रुपैयाँ खर्च हुँदैछ।
ट्रम्प गुजरात राज्यको अहमदाबादमा करिब ३ घण्टा बस्ने कार्यक्रम रहेको छ। यसका लागि १ सय करोड खर्च भएको बताइएको छ। ट्रम्पका लागि मोटेरा रंगशालामा भब्य स्वागतको आयोजना गरिएको थियो। जहाँ ३० हजार सुरक्षाकर्मी तैनाथ छन्। यस्तै रंगशालालाई दुलही झै सजाइएको छ।
ट्रम्प आफ्नो श्रीमती पहिलो महिला मेलेनियासँग भारत आएका छन्। उनीहरूको आगमन पहिल्यै प्रहरी जवानलाई तैनाथ गरिएको थियो। यस्तै, अहमदाबाद महानगरपालिकाले रंगशाला वरिपरिको बाटोमा ‘रिसरफेसिङ’ का लागि ६० करोड रुपैयाँ खर्च गरेको थियो।
यस बाहेक फुटपाथ र रोडको खाल्डाखुल्डी पुर्ने काम गरिएको थियो। यसका लागि २० करोड रुपैयाँ खर्च भएको बताइएको छ। यस्तै, रंगशालामा ट्रम्पलाई ल्याउन र लैजान यातायातका लागि १० करोड र अन्य कार्यक्रमका लागि ४ करोड रुपैयाँ खर्च हुने बताइएको छ।