हङकङमा १५ औं तलाबाट खस्दा चार वर्षीया बालिकाको मृत्यु, बुवा प्रहरी नियन्त्रणमा

हङकङमा १५ औं तलाबाट खस्दा एक चार वर्षीया बालिकाको मृत्यु भएको छ।

शुक्रबार स्थानीय समयअनुसार अपरान्ह २ बजेर १८ मिनेटमा चुनमुनस्थित वु चुई सडक नजिकको बटरफ्लाई स्टेट भवनबाट ती बालिका भुइँमा बझार्यकी थिइन्।

भवनका गार्डले यस घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। बालिकालाई तत्कालै चुनमुन अस्पताल भर्ना गरिएको थियो। केहीबेरमै बालिका मृत घोषणा गरिएको थियो।

प्रहरीले बालिका लापारवाही तरिकाले छाडेका कारण उनको मृत्यु भएको जनाएको छ। अर्की एक चारवर्ष भन्दा कम उमेरकी छोरी भने सुरक्षित भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

मृतक बालिकाका बुवा तीन छोरीको अभिभावक भएको बताइएको छ। उनी सम्बन्ध विच्छेद भएका पुरुष भएको समाचारमा उल्लेख गरिएको छ।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2020-02-22 21:42:09

प्रतिकृया दिनुहोस्