सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा

बिएल संवाददाता

काठमाडाै‌ं

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन्। 

स्वीस कम्पनी केबीए नोटासिसका नेपाल प्रतिनिधि (एजेन्ट) सँग  ७० करोड कमिसनको बार्गेनिङ गरिरहेको अडियो टेप बाहिरेपछि प्रधामन्त्री केपी शर्मा ओलीले सञ्चारमन्त्रीलाई राजीनामा दिन आग्रह गरेका थिए।

यता संसदको बैठकमा प्रमुख विपक्षी कांग्रेसले सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा मागेको थिए। साथै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे मन्त्रिपरिषद्मा समेत समेत पटकपटक छलफल भएकाले यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने, यसलाई भ्रष्टाचारको विषय बनाउनुपर्ने कांग्रेसकाे माग छ ।

कांग्रेसले संसद अवरुद्ध गरेपछि सञ्चार बाँस्कोटाले आजै राजीनामा दिएको सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधि सभालाई जानकारी दिए। 

प्रकाशित मिति: : 2020-02-21 04:00:37

प्रतिकृया दिनुहोस्