मैले एमसीसीसम्बन्धी छलफल ग्रुप सञ्चालन गरेपछि धेरै मान्छेसँग यस विषयमा कुरा गरेको छु। मेरो अभियान एमसीसी पास गराउनेतर्फ भन्दा पनि जनस्तरमा रहेको समझदारीलाई हानी हुनबाट रोक्ने हो। त्यसकारण ठूला नेताले यसमा रुची लिइरहनुभए पनि जनतालाई सुसूचित गर्ने र भ्रम चिर्ने काममा मेरो प्रयास केन्द्रीत छ।
मसँग भएका प्रत्यक्ष कुराकानीमा साथीहरुले धेरै जिज्ञासाहरु राखेका छन्। खासगरी कम्युनिष्ट साथीहरू, जसको स्कुलिङमा नै अमेरिकालाई साम्राज्यवादीको रूपमा परिचित गराइएको हुन्छ, उनीहरूले अमेरिकाप्रति सँधै सन्देह त राख्छन नै, तर आफैंले सोधखोज गर्ने, हरेक स्टेटमेन्टको आधिकारिकता बुझ्ने गर्न थालेपछि एमसीसीप्रति सकारात्मकता बढ्दै गएको छ।
यो पनि हेर्नुहोस्- चीनको बिआरआईलाई काउन्टर दिन एमसीसी आएको हो?
जुन साथीहरुले ‘एमसीसीमार्फत अमेरिकी सैनिक आउँदैछन्, यसको सबै मिलेर घोर विरोध गरौं’ भनेर फेसबुकमा लेखेका थिए। उनै साथीले पछिल्लो समय यो कुरा गलत रहेछ भनेर फेसबुकमै पोस्ट गरेका छन्। एक साथीले सम्झौताको दफा २.७ को स्क्रीन-सट नै राखेर आफ्नो सर्कलका साथीलाई सचेत गराए। एक अति नै स्मार्ट पूर्वमाओवादी कमाण्डर, जो आफैं इन्जिनियर हुन्, उनको हालसालैको पोस्टको एक उद्धरण यस्तो छ:
‘अहिले बहुचर्चित एमसीसी अनुदानलाई केही विद्वानले भ्रामक प्रचार गरी आफ्नो रोटी सेकाउने उद्धेश्यले मित्रदेशले अनुदानस्वरूप दिन लागेको सहयोगलाई फिर्ता पठाउन खोजिएको छ जुन नेपाल र नेपाली जनताको खुशीमा तुसरापात गर्न खोजिएको हो भन्ने हामीले महशुस गरेका छौं। तल देखाइएको सम्झौताका बुँदाहरू जस्ताको तस्तै पस्किएर झुट कुरालाई चिर्न सहयोग पुग्नेछ भन्ने आश लिएको छु। सेना ल्याउने र सेना वेसक्याम्प बनाउने कुराहरूलाई एमसीसी सम्झौताले सिधा रूपमा निषेध गरेको छ।’
यो पनि हेर्नुहोस्- अमेरिकाको समृद्धिमा नेपालको पनि अंश लाग्छ
घण्टौं कुरा गर्दा मलाई थाहा भयो कि अमेरिकाप्रतिका दर्जनौं मिथ्या-धारणा उनको मन-मस्तिष्कमा गाडिएका थिए। यसरी गाडिएका विषय वस्तुहरू जब त्यो समुदायकै ‘रस्म-रिवाज’ बन्न पुग्छन्, सर्वसाधारण व्यक्तिले कहिल्यै पनि त्यो कैदबाट आफूलाई मुक्त गराउन सक्दैन। तर, एक असाधारण मित्रसँग मेरो भेट भएको छ, जसले एक एक गरेर ती मिथ्या-धारणाहरू आफैं उखेलेर फाले। म यस परिघटनाको साक्षी भएँ - जुकरबर्गको मेसेन्जरमार्फत। खुशी कहाँ लाग्यो भने मैले केही पनि कुराहरु यस्तो हो नि भनेर उनलाई भन्नै परेन। मैले खालि उनका प्रश्नहरुको इमान्दार उत्तर दिएँ। उनले त्योभन्दा अगाडि बढेर आफैं फ्याक्ट-चेक गरे।
यो पनि हेर्नुहोस्- साम्राज्यवाद र इण्डो-प्यासिफिक
सबै कुरा पौरख गरेर, प्रश्न सोधेर, दस्तावेज़हरू जाँचेर, आफ्नो चित्त बुझाएर, कैयौं अरू साथीलाई सम्झाएर, सार्वजनिक रुपमै एमसीसीको पक्षमा उभिईसकेपछि पनि साथीको मनमा अमेरिकाप्रति एउटा ठूलो निग्रह चाहिँ अझै रहेको पाएँ मैले।
‘के हो त साथी तिमीलाई त्यो डर?,’ मैले सोधेँ।
‘सेना नल्याउने कुरा त सम्झौतामै लेखेको रहेछ। अनि एमसीसीकै कानुनले पनि रोकेको रै’छ। यो कुरामा ढुक्क भइयो। तर, भित्रभित्रै सीआईएका एजेन्टहरु आए भने के हुन्छ नि?,’ उनले आफ्नो मनको वह खोले।
मलाई पनि डर लाग्यो। ‘तिमी नै भन न के हुन्छ होला?’
सीआईए त डेन्जर हो नि यार?
‘कसको लागि डेन्जर हो त सीआईए ?’ मैले उनैलाई सोधेँ।
उनी अकमकिए।
मैले थपेँ, ‘अब सीआईएको कुरा आइहाल्यो। हामी यो विषयमा छलफल गरौं न त? यसको स्थापना किन भएको रहेछ? यसको उद्देश्य के होला? यसको दर्शन, यसका मूल्य-मान्यता के होलान्? यसले के काम गर्छ होला? र कसरी काम गर्छ होला?
कुरा ठीकै हो।
तिमीलाई के लाग्छ ल भन त?
मलाई त साँच्चै के लाग्छ भने यो संसारभरि आफ्नो साम्राज्य फैलाउने नै होला।
तीन दिन लगातार हाम्रो छलफल यो विषयमा केन्द्रीत रह्यो। चर्चाका विषयको रेन्ज ठूलो थियो। हिरोसिमा र नागासाकीदेखि पर्लहार्बर, सिरीिया, संसारका देशहरुको शैन्यशक्ति, अधिनायकवादीका शासन विधिहरू, प्रजातन्त्रका देखाउने दाँतहरू, नेतृत्वका आँटहरूदेखि विधिको शासन, वैचारिक स्वतन्त्रताको महत्व, मलाला युसपफजाई, संयुक्त राष्ट्र संघ, आदि रहे।
केही देशका शासकहरु आफ्नो शासन टिकाउनमै झुट, र दमनको सहारा लिइरहेकोदेखि केही देशहरुले कसरी संसारबाट सूचना संकलन गरेर चपेटामा परेका, उत्पीडनमा दबेका, निर्दोष बालबालिका, दिनदुःखी, बृद्ध-बृद्धालाई संरक्षण दिँदै युवालाई सीप सिकाउँदै आविष्कार गर्दै समाजलाई खुला, सुरक्षित र स्वतन्त्र बनाई राख्न प्रयत्न गर्दारहेछन्। कसरी कुनै देशमा सेवाभाव, इमान, निष्ठा, उत्कृष्टता, र साहसलाई बढावा दिइँदो रै’छ भने निकृष्टताको नेतृत्वले कसरी यस्ता गुणलाई दबाउने वा भगाउने वा सफाया गर्ने गर्देरहेछ भन्ने विश्व-परिपेक्षको समीक्षा गरियो। अचम्मको कुरा चाहिँ के भयो भने ती साथीले यी तीन दिनको छलफलमा आफ्नो विश्लेषणात्मक कौशलबाट मलाई अत्यन्तै प्रभावित पारेका छन्। माओवादीले पनि चानचुने मान्छेलाई त कमाण्डर बनाउँदो रैनछ भन्ने मलाई लागेको छ।
यस छलफलको निष्कर्षमा उनले सन्नी देवलको एउटा डाइलग बोले: ‘जब ये ढाई किलो का हाथ किसी पे पड़ता है न, तो आदमी उठता नहीं उठ जाता है!'
उनलाई सन्नी देवलका फिल्म मन पर्ने रहेछन्। मैले यो डाइलग त्यत्ति बुझिँन। सोधिहालेँ - यसको मतलब?
उनले भने। होइन के, उत्तम, यो सीआईए वास्तवमा सरिफ-दादा रहेछ - बुझेनौं? बदमासलाई ठीक गर्ने, तर निर्धालाई हेर्ने।
मैले बल्ल कुरो बुझेँ। हामीले यो सीआईए भन्ने बस्तुसँग डराउनुपर्ने रहेनछ। तर, डराउनैपर्ने वास्तविक डाकाले चाहिँ यो सीआईएलाई बोक्सीको आरोप लगाइरहने रहेछन्।