गुन्डा नाइके भनेर चिनिएका सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले सोमबार साँझ पक्राउ गरेको हो।
‘हामीले नियन्त्रणमा लिएका छौं। थप अनुसन्धान हुँदैछ।’ वृतका इन्चार्ज डिएसपी उमेश लम्सालले भने। उनले नियन्त्रणमा लिएको कारण भने खुलाएनन्।
सत्यमान गुन्डा नाइके दावा लामाका सहयोगी हुन्। तामाङ मिटर व्याजी तथा बुद्धचित्तको अवैध कारोबारमा समेत संलग्न रहेको प्रहरीको दाबी छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले २०७५ असारमा पक्राउ गरेको थियो। त्यतिखेर प्रतिनिधि सभा सांसद नविना लामाले पक्राउ परेको केही घन्टा बित्न नपाउँदै जमानीमा रिहा गराएकी थिइन। सांसद लामाले भने सत्यमान गुन्डागर्दीमा सामेल नभएको दावी गरिन्।
त्यसपछि पनि महानगरीय अपराध महाशाखाको टोलीले चेक बाउन्सको केसमा पक्राउ गरेको थियो।