प्रतिनिधिसभाबाट प्रमाण विधेयक पारित

शनिबार बसेको प्रतिनिधिसभाको बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक २०७६’ पारित गरेको छ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयक पारित गरियोस भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६' पेश गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक भने आउँदो मङ्गलबार दिउँसो १ः०० बजे बस्नेछ।

प्रकाशित मिति: : 2020-02-16 03:49:26

प्रतिकृया दिनुहोस्