मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित जंगलमा शुक्रबार एक पुरुष मृत फेला परेका छन् ।
अन्दाजी ३५÷४० वर्षीय पुरुषको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए । उनका अनुसार कान र मुखमा किरा परेको अवस्थामा भेटिएको शव सडेको छ ।
आक्रमण र कुटपिट गरेको कुनै चोटपटक भने शरीरमा नभेटिएको जानकारी गिरीले दिए । शव पोस्टमार्टमका लागि मंगलबारे अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।