खस आर्य सङ्ग्रहालय पोखरामा बन्ने

क्षत्री समाज नेपाल केन्द्रीय कार्यालयको परिसरमा खस आर्य सङ्ग्रहालय  बन्ने भएको छ।  पोखरा महानगरपालिका–११ मा निर्माण हुन लागेको उक्त सङ्ग्रहालय  भवनको गण्डकी प्रदेश आर्थिक मामिलामन्त्री किरण गुरुङले बिहीबार शिलान्यास गरेका छन्।

निर्माण समितिका अध्यक्ष प्रेमबहादुर जिसीले पहिलो चरणको निर्माणमा प्रदेश सरकारले सहयोग गरेको र बाँकी कार्यलाई आम क्षत्री, स्थानीय निकायबाट सहयोग सङ्कलन गरी एक वर्षभित्र रु सात करोडको लागतमा पूर्णरुपमा सञ्चालन गर्ने योजना रहेको जानकारी दिए। 
 
पोखरा महानगरपालिका–९ का अध्यक्ष रामराज लामिछानेले स्थानीयस्तरबाट सङ्ग्रहालय निर्माणमा सहयोग गर्ने बताए। 

प्रकाशित मिति: : 2020-02-14 21:11:26

प्रतिकृया दिनुहोस्