‘कभी इद कभी दिवाली’मा सलमान र पूजाकाे जाेडी

बिएल संवाददाता

काठमाडाै‌ं

नायक सलमान खान चलचित्र ‘राधे’मा व्यस्त छन्। सन् २०२० को इदमा रिलिज हुने यस चलचित्रमा सलमानलाई एक्सन अवतारमा देख्न पाइनेछ। राधे रिलिज नहुँदै अर्को वर्षको इदलाई लक्षित गर्दै सलमानले नयाँ चलचित्र घोषणा गरिसकेका छन्, ‘कभी इद कभी दिवाली’।

चलचित्रमा सलमानको जोडी बन्नको लागि पूजा हेग्डे तयार भएकी छिन्। यस चलचित्रलाई सलमान र निर्माता सजिद नाडियडवालाले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन्।  निर्माण पक्ष र पूजाबीच सम्झौता पनि भइसकेको छ।

पूजाले यसअघि चलचित्र ‘हाउसफुल ४’मा काम गरिसकेकी छिन्। यस चलचित्रका निर्माता पनि सजिद नै हुन्। उनैले पूजालाई सलमानसँग जोडी बाध्ने अवसर दिएका हुन्।

पूजा पनि सलमानसँग काम गर्नको लागि निकै उत्साहित छिन्। पूजाले भनिन्, ‘म आफैँ सलमानको फ्यान हुँ। अहिले उनीसँगै काम गर्ने मौका मिलेको छ। चलचित्रलाई लिएर निकै उत्साहित छु।’ 

प्रकाशित मिति: : 2020-02-12 01:39:48

प्रतिकृया दिनुहोस्