शनिबार, १२ जुलाई २०२५

भानु नगरपालिकाका इञ्जिनीयर र वडा सदस्य घुससहित पक्राउ

बिएल संवाददाता

बिएल संवाददाता

तनहुँ
2020-02-12 01:05:46
News Image
• • •

भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इञ्जिनीयर अधिकारी र वडासदस्य अधिकारीलाई रु ७५ हजार घुससहित सोमबार पक्राउ गरेको हो।

वडासदस्य अधिकारीमार्फत इञ्जिनीयर अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिस/कार्यसम्पन्न प्रतिवेदन बनाइदिएको समेत विभिन्न बहानामा घुस माग गरिरहेको भन्ने सूचना एवं कार्यालयमा प्राप्त उजुरी परेको थियो।

उजुरीको आधारमा अख्तियारबाट खटिएको टोलीले अधिकारीद्वयलाई नगरपालिकाको कार्यालय परिसरबाटै पक्राउ गरेको आयोगका प्रवक्ता मेघनाथ रिजालले जानकारी दिए।

पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?