त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा आगलागी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी भएको छ।

विमानस्थलको टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको एयरपोर्ट टर्मिनल कार्यालयले बताएको छ।

एयरपोर्टको दमकलले आगलागी नियन्त्रणमा लिइसकेको छ।

कर्मचारीका अनुसार आगो तार सट भएर लागेकाे हाे।

 

प्रकाशित मिति: : 2020-02-11 09:26:42

प्रतिकृया दिनुहोस्