व्यवसायी ढकालले दिने भए गौतमबुद्ध रंगशालालाई १ करोड

व्यवसायी चन्द्र ढकालले चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १ करोड रुपैंया सहयोगको घोषणा गरेका छन्। जारी धनधान्याचल महोत्सवमा सोमबार अन्तिम दिनपनि पुगेका उनले सहयोगको घोषणा गरेका हुन्। 

देशकै गौरबको योजनाको रुपमा रहेको क्रिकेट रंगशाला निर्माणमा हातेमालो गर्न आफूले सहयोग गरेको ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले बताए। थोरै भएपनि सबैले सहयोग गरे रंगशाला तोकिएकै मितिमा सम्पन्न हुने उनको विश्वास छ।

आइतबारसम्म ३५ करोड संकलन भइसकेको बाग्मती प्रदेशका सांसद समेत रहेका संयोजक विजय सुवेदीले जानकारी दिए।

करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ।

प्रकाशित मिति: : 2020-02-11 07:04:14

प्रतिकृया दिनुहोस्