बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

 कुश्मा नगरपालिका-६ शिवालयचोकस्थित सडकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोदी गाउँपालिका-४ का ३१ वर्षीय दिल बहादुर पुन रहेका छन्। मुस्ताङबाट पोखरातर्फ जाँदै गरेको ग।१ ख ७००३ नम्बरको बसले ठक्कर दिँदा पुन घाइते भएका थिए। 

 बसको ठक्करबाट गम्भीर घाइते भएका पुनको जिल्ला अस्पतालमा उपचारकै क्रममा आइतबार दिउँसो मृत्यु भएको हो। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-02-11 03:49:35

प्रतिकृया दिनुहोस्