शनिबार, १२ जुलाई २०२५

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा एक जना पक्राउ

बिएल संवाददाता

बिएल संवाददाता

अर्घाखाँची
2020-02-11 03:38:47
News Image
• • •

छिमेकीलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका-३ छापडाँडाका निवासी ५९ वर्षीय छन्द बहादुर मुखिया रहेका छन्। लेनदेनको बिषयलाई लिएर उनले छिमेकी ६६ वर्षीय टान बहादुर थापालाई खुकुरी प्रहार गरी घाइते बनाएको हो।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उक्त सुचनाको जानकारी प्राप्त गर्नसाथ उनलाई पक्राउ गरेको हो।

घाइते थापाको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको र यस सम्बन्धमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?