शनिबार, १२ जुलाई २०२५

श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक वृद पक्राउ

बिएल संवाददाता

बिएल संवाददाता

रुकुम
2020-02-11 03:28:55
News Image
• • •

आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक वृदलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भूमे गाउँपालिका-३ का ८० वर्षीय नर बहादुर पुन रहेका छन्।

मादक पदार्थ सेवन गरी उनले श्रीमती दिलमायाँ पुनलाई गम्भीर घाइते हुने गरी कुटपिट गरेका थिए। ईलाका प्रहरी कार्यालय कांक्रीबाट खटिएको प्रहरीले उक्त सूचना प्राप्त गरे पश्च्यात उनलाई आइतबार साँझ पक्राउ गरेको हो।

कुटपिटबाट गम्भीर घाइते भएकी दिलमायाँको जिल्ला अस्पताल रुकुमकोटमा उपचारकै क्रममा मृत्यु भएको र सो बारे ठो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?