शनिबार, १२ जुलाई २०२५

 अवैध लागूऔषधसहित एक युवक पक्राउ 

बिएल संवाददाता

बिएल संवाददाता

मकवानपुर
2020-02-11 03:08:05
News Image
• • •

मकवानपुरको राक्सिराङ गाउँपालिका-२ च्याम्राङ डाँडाबाट अवैध लागूऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तनहुँ, बन्दीपुर गाउँपालिका-१ का २५ वर्षीय बिक्रम अधिकारी रहेका छन्। अबैध रुपमा लागूऔषध लुकाई छिपाई बिक्री बितरण गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनको घरमा खोज तलासी गर्दा लागूऔषध फेला पारेर आइतबार दिउँसो उनलाई पक्राउ गरेको हो।

उनका साथबाट डाइजेपाम ४० एम्पुल, नुर्फिन ४० एम्पुल र फेनारगन ४० एम्पुल बरामद गरिएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?