चीनबाट नेपाल ल्याउने विद्यार्थीको लागि ६० जना स्वास्थ्यकर्मी परिचालन गरिने

बिएल संवाददाता

काठमाडाै‌ं

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट नेपाल ल्याउने विद्यार्थीको लागि ६० जना स्वास्थ्यकर्मी परिचालन गर्ने भएको छ। 

चीनको वुहानमा रहेका १८० जना विद्यार्थीलाई सरकारले नेपाल ल्याउने तयारी गरेको छ। गत बिहीबारको मन्त्रिपरिषदको बैठकले भक्तपुरको खरीपाटीमा क्वारेण्टाइनमा राख्ने निर्णय गरेको थियो।

मन्त्रालयको प्रवक्ता सागर दाहालले ६० जना स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको बताए। निगरानीमा खटिने ६० जना स्वास्थ्यकर्मी फरक–फरक अस्पतालमा कार्यरत रहेकोउनले जानकारी दिए। 

‘मन्त्रालयले छुट्याएको ६० जनामा मेडिकल अफिसर, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, पारामेडिक्स लगायतका स्वास्थ्यकर्मी छन्।’ उनले भने। 

दाहालका अनुसार क्वारेन्टाइनमा राखिने नेपालीको स्वास्थ्य निगरानीमा खटिने चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले सोमबार अभिमुखीकरण तालिमसमेत दिँदै छ।

तालिममा क्वारेन्टाइनमा कसरी राखिने, स्वास्थ्यकर्मीले कसरी काम गर्ने र शंकास्पद अवस्थामा के गर्ने भनेर सिकाउने उनले जानकारी दिए। तालिम आज २ बजे इपीडीयोलोजी तथा रोग नियण्त्रण महाशाखा टेकुमा हुँदैछ।


 

प्रकाशित मिति: : 2020-02-11 02:55:41

प्रतिकृया दिनुहोस्