शनिबार, १२ जुलाई २०२५

पेस्तोल र छर्रा सहित एक जना पक्राउ

बिएल संवाददाता

बिएल संवाददाता

बैतडी
2020-02-11 02:42:26
News Image
• • •

दोगडाकेदार गाउँपालिका–६ सित्तडबाट पेस्तोल १ थान र छर्रा सहित एक जना पक्राउ परेका छन्। 

डिलासैनी गाउँपालिका–७ धामीगाउँ घर भएका २६ वर्षीय लोकेन्द्र सिंह धामीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

उनको साथबाट मोबाइल २ थान, विभिन्न दस्तावेज र आर्थिक सहयोग रसिद समेत जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले बरामद गरेको छ। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?