शनिबार, १२ जुलाई २०२५

कोटेश्वरमा गर्भपतन गराएर फोहोरमा फ्यालिएकाे शिशुको शव फेला

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
2020-02-11 02:34:39
News Image
• • •

कोटेश्वरमा गर्भपतन गरेर फालेको एउटा शिशुको शव फेला परेको छ।

कोटेश्वरको फोहोर फाल्ने ठाउँमा पाँच/छ महिनाको शिशुको शव फेला परेको हो।

‘गर्भपतन गराएर फालेको शिशुको शव फोहोरमा भेटिएको हो,’ महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले भने।

शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?