जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा पहिलो पटक ‘फिजियोथेरापी’ सेवा विस्तार गरिएको छ। पछिल्लो समय यस सम्बन्धी बिरामी बढ्दै गएपछि ‘फिजियोथेरापी’ सेवा शुरु गरिएको हो।
विशेषगरी नसा च्यापिएका ढाड, कम्मर, हड्डीलगायतको समस्या समाधानका लागि बिरामीहरुले फिजियोथेरापी रोज्ने गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा निरञ्जन पन्तले जानकारी दिए।
'सेवा विस्तार गरेसँगै बिरामीलाई सहज भएको छ' उनले भने। फिजियोथेरापी सेवा सञ्चालन गर्न ह्याण्डी क्याप इन्टरनेशनलले रु १० लाख बराबरको सामग्री उपलब्ध गराएको उनको भनाई छ।
कर्णाली प्रदेश सरकारको बजेटबाट ‘फिजियोथेरापिस्ट’ कर्मचारी राखिएको छ। दुई हप्ताअघि शुरु भएको सो सेवाबाट हालसम्म ५० बढी लाभान्वित भएको पन्तले जानकारी दिए।