पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्की र घरमा काम गर्ने एक जना मृत फेला परेका छन्। ललितपुरको सानेपामा रहेको कार्कीको घरमा सोमबार बिहान उनीहरूको शव फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
प्रहरीका अनुसार मुनाको टाउकोमा चोट लागेको छ। र कार्कीकै घरमा काम गर्ने विजय चौधरीको झुण्डिएको अवस्थामा फेला परेको छ।
चौधरीले नै कार्कीको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ।
घटना कसले र किन गरायो भन्ने खुलेको छैन। घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान अगाडि बढाइसकेको छ।